पहिराेले महाकाली राजमार्ग अवरुद्ध
बैतडी, २४ भदौ । अविरल वर्षापछि आएको पहिराेले महाकाली राजमार्ग अवरुद्ध भएको छ ।
बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धर्मघरनजिकै वर्षापछि आज ११.३० बजे सडक माथिबाट पहिराे खस्दा राजमार्ग अवरुद्ध बनेको हो ।
राजमार्ग अवरुद्ध हुँदा यातायात आवागमन पूर्ण रुपमा बन्द भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।
पहिराे पन्छाएर राजमार्ग सञ्चालन गर्न जेसिबी पहिरो खसेको स्थानतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।