नेम्वाङलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने, अन्त्येष्टिको दिन सार्वजनिक बिदा
काठमाडौं, २६ भदौ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उहाँको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको हो । नेकपा एमालेका उपाध्यक्षसमेत रहनुभएका नेम्वाङको आज बिहान निधन भएको थियो ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बिहान बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको पर्यटन मन्त्री सुदन किराँतीले जानकारी दिनुभयाे ।
नेम्वाङका दुबै छोराहरू विदेशमा भएकाले उहाँको अन्तिम संस्कार बिहीबार अपराह्नमात्रै गरिने एमालेले जनाएको छ।