नेम्वाङको पार्थिव शरीरमा उपमेयर डंगोलबाट माल्यार्पण

काठमाडौं, २६ भदौ । नेकपा (एमाले)का उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । एमाले मुख्यालय पुगी उहाँले शवमा माल्यार्पण गर्नुभएको हो । उपमेयर डंगोलले नेम्वाङको सम्मानमा तीन दिन औपचारिक कार्यक्रममा सहभागी नहुने बताउनु भएको छ ।