खगोलविज्ञान ओलम्पियाडमा नेपालको ऐतिहासिक सफलता, पहिलो रजतसहित चार पदक

काठमाडौँ, २९ कात्तिक। रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले ऐतिहासिक सफलता हासिल गर्दै पहिलो रजत पदकसहित चार पदक जितेका छन्।

रुसको सिरियसमा शनिबार सम्पन्न प्रतियोगितामा रिवाश राईले रजत पदक जित्दा ओमराज पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले कांस्य पदक प्राप्त गरेका हुन्।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी ९नासो० का अध्यक्ष सुरेश भट्टराईका अनुसार रजत पदक विजेता रिवाशले ‘डायमण्ड अफ द टिम’ सम्मानसमेत प्राप्त गरेका छन्। अन्तरराष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले रजत पदक जितेको यो पहिलो पटक हो।

यसअघि यसै महिना थाइल्यान्डमा सम्पन्न पाँचौँ अन्तरराष्ट्रिय खगोलविज्ञान तथा खगोलभौतिकी ओलम्पियाड–कनिष्ठमा नेपाली विद्यार्थी शाहवाज आलमले स्वर्ण र सहज केसीले कांस्य पदक जितेका थिए। आलमले जितेको स्वर्ण अन्तरराष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपालको पहिलो स्वर्ण पदक हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *