नेम्वाङका दुवै छोरा दाहसंस्कारका लागि आइपुगे नेपाल

काठमाडौं, २७ भदाै । दिवंगत नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङका दुवै छोरा बुबाको अन्तिम संस्कारका लागि नेपाल आइपुग्नुभएकाे छ ।
स्वर्गीय नेम्वाङका दुई छोरामध्य कान्छा छोरा अष्ट्रेलियाबाट हिजो आइपुग्नुभएका हुन् भने जेठा छोरा बेलायतबाट आज आइपुग्नुभएकाे हाे।
जेठा छोरा मिङ्सो परिवारसहित यूकेमा बसोबास गर्दै आउनुभएकाे छ भने कान्छा छोरा सुहाङ र छोरीहरू भने नेपालमै बस्नुहुन्छ ।
उहाँ केही दिनअघि घुमघामका लागि अष्ट्रेलिया पुग्नुभएकाे थियाे । बुबाको निधनको खबर पाएलगतै उहाँ भ्रमण रद्द गरेर नेपाल फर्किनुभएकाे हाे ।
नेम्वाङको दाहसंस्कार हिन्दू र लिम्बू परम्पराअनुसार पशुपति आर्यघाटमा भोलि ११ बजे हुने पारिवारिक स्रोतले जनाएकाे छ ।
नेम्वाङको दाहसंस्कारका दिन सरकारले राजकीय सम्मानकासाथ अन्त्येष्टि गर्ने निर्णय गर्नुका साथै सार्वजनिक विदासमेत दिइएको छ ।