नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिँदै

काठमाडाैं, २८ भदाै । दिवंगत नेकपा एमालेका उपाध्यक्ष एवम् संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ।

नेम्वाङको पार्थिव शरीरलाई आज बालुवाटारस्थित निवासबाट आर्यघाटतर्फ लगिएको हो । पार्थिव शरीरलाई बालुवाटारमै सेनाले सलामी दिएको छ ।

शवयात्रा बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज– नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपति आर्यघाट पुग्नेछ ।

नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो। नेम्वाङको मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्ने तय भएको छ ।

नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानसाथ अन्त्येष्टि गरिने सरकारले बिहीबार सार्वजनिक बिदासमेत दिएको छ।