एमाले अध्यक्ष ओली द्वारा नेम्वाङकाे पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ

काठमाडौं, २८ भदौ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा अध्यक्ष एवम् उपाध्यक्ष सुवास नेम्वाङकाे पार्थिव शरिरमा झण्डा ओढाएर अन्तिम बिदाइ गर्नुभएकाे छ ।
पशुपतिस्थित आर्यघाट पुगेर अध्यक्ष ओलीले अन्तिम बिदाइ गर्नुभएकाे हाे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि राष्ट्रिय झण्डा ओढाएर उपाध्यक्ष नेम्वाङकाे अन्तिम बिदाइ गर्नुभएकाे छ ।
पशुपति आर्यघाटमा फूलमालाले सजाइएको चितामा उपाध्यक्ष नेम्वाङको पार्थिव शरीर राखिएको छ । उहाँको अन्त्येष्टि मुन्धुम र हिन्दु सँस्कृति अनुसार गरिँदै छ ।
उपाध्यक्ष नेम्वाङलाई अन्तिम बिदाई गर्न पशुपतिमा विशिष्ठलगाएत सर्वसाधारणको उल्लेख्य संख्यामा उपस्थिति रहेकाे छ ।
गत मंगलबार निधन हुनुभएका उपाध्यक्ष नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । उहाँको निधनको शोकमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।