नेम्वाङको अन्त्येष्टिमा विशिष्टदेखि सर्वसाधारणसम्म (तस्वीरहरू)

काठमाडौं, २८ भदौ । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिमा पशुपति आर्यघाटमा विशिष्टदेखि सर्वसाधारणसम्म पुग्नुभएकाे छ ।

पशुपति आर्यघाटमा उहाँलाई छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिनुभएकाे छ। लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएर उहाँलाई राजकीय सम्मानका साथ अन्तिम बिदाइ गर्नुभएकाे छ ।

उपाध्यक्ष नेम्वाङलाई अन्तिम बिदाई गर्न पशुपतिमा विशिष्टलगाएत सर्वसाधारणको उल्लेख्य संख्यामा उपस्थिति रहेकाे थियाे ।

उपाध्यक्ष नेम्वाङको गत मंगलबार हृदयघातका कारण निधन भएको थियो ।

हेर्नुहाेस तस्वीरहरू…..