बाँकेको बाल सुधार गृहबाट भागेका नाै कैदी अझै सम्पर्कविहीन

बाँके, ५ असोज । बाँकेकाे जयेन्दु बालसुधार गृहमा झडपपछि भागेका नाै जना कैदीबन्दीमध्ये अझै भेटिएका छैनन् ।

गएराति १० बजे बन्दीगृहमा कैदीबीच झडप हुँदा सुधारगृहमा रहेका २५४ जना कैदी बन्दीगृह बाहिर निस्किएका थिए ।

निस्किएका मध्ये २४५ जना नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ ।

बाँकी रहेका ९ जनाको प्रहरीले खाेजी जारी गरेपनि भेटिएका छैनन् । झडपका क्रममा ११ जना गम्भीर घाइते भएका थिए । तीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

कञ्चन गाउँपालिका–४, रुपन्देहीका सुलभ केसीको मृत्यु भएको डीएसपी नारायण डाँगीले बताउनुभयाे। केसी अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीको कसुरमा सजाय काटिरहेका थिए ।