काठमाडौंबाट छुटेकाे यात्रुवाहक बस दाङमा दुर्घटना, २५ जनाभन्दा बढी यात्रु घाइते

दाङ, ९ असोज । काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस दुर्घटना भएकाे छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ,लमही नगरपालिका–९ शिवखोलामा बस दुर्घटना भएकाे हाे । दुर्घटनामा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

कर्णाली प्रदेश०२–००१ख ०३६२ नम्बरको सुर्खेत जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा घाइते भएकाहरू लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताउनुभयो ।

बसमा ४५ जना यात्रु सवार भएकाे र के कति कारणले दुर्घटना भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।