८ दिनदेखि उभिइरहेका अभियन्ता ईःलाई भेट्न पुगिन् उपमेयर डंगोल

काठमाडौं, ९ असोज । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल ईःलाई भेट्न पुग्नुभएकाे छ । उपमेयर डंगोल आज बिहान ८ दिनदेखि राष्ट्रिय सभा गृह अगाडि उभिइरहेका अभियन्ता ईःलाई भेट्न पुग्नुभएकाे हाे ।
गत मंगलबारदेखि काठमाडौंस्थित राष्ट्रिय सभा गृह अगाडि उभिइरहेका अभियन्ता ईःलाई भेटेर उपमेयर डंगोलले स्वास्थ्य अवस्थाकाे बारेमा पनि चासो राख्नुभएकाे छ ।
उहाँले ईःलाई भेटेर ‘फुटपाथ व्यवसायीहरूलाई विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने तर आफ्नो भूमिका सीमित रहेको बताउनुभयो।’ साथै फुटपाथबाट विस्थापित भएकाहरुलाई वैकल्पिक व्यवस्थासम्बन्धी नीति ल्याउने प्रतिवद्धता जनाएको ईःले जानकारी दिएका छन् ।
अभियन्ता ईः महानगरपालिकाले फुटपाथ व्यवसायीहरुलाई वैकल्पिक व्यवस्था नगरिकन हटाएकाे विरोधमा यसरी उभिएर बिराेध जनाइरहेका हुन ।