कुटपिटको विरोधमा सडकमा चिकित्सक

काठमाडौं, ९ असोज । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि भएकाे कुटपिटको विरोधमा चिकित्सकहरूले काठमाडौंकाे माइतीघरमण्डलमा प्रदर्शन गरेका छन् ।

चिकित्सकहरूले कार्यक्षेेत्रमा भौतिक सुरक्षाको माग राख्दै प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा उत्रिएका चिकित्सकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघरमा भेला भएका चिकित्सक बानेश्वर आउने क्रममा बबरमहलको मुख्य सडकमा निस्किन खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो ।

चिकित्सकहरूले प्ले कार्डमा विभिन्न नारा लेखेर सडकमा उत्रिएका हुन् । उनीहरूले डाक्टर कुट्न पाइँदैन, पेशा छोडौं कि देश छोडौं ?, दोषीलाई खुल्ला छुट, डाक्टरमाथि बुटैबुट, अस्पताल नआउ, डाक्टर र बिरामीको ज्यान बचाउलगाएतका नारा लेखेर प्रदर्शन गरिरहेका छन् ।

पाेखराकाे मणिपाल शिक्षण अस्पतालमा मंगलबार लम्जुङकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । मृतकका आफन्तसहितको भीडले डाक्टरले लापरवाही गरेको भन्दै हातपात गरेको थियो । यो घटनाले मणिपाल अस्पताल परिसर तनावपूर्ण भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *