लायन्स क्लव अफ काठमाडाैं फेलाेसिपद्वारा भिमसेन आधारभूत विद्यालय सिन्धुपाल्चोकमा शैक्षिक सामग्री सहयाेग

काठमाडाैं, १३ असाेज । सिन्धुपाल्चाेककाे एक समाजसेवी समूहले विद्यालयमा शैक्षिक सामग्री, झाेलालगाएतका सामग्री सहयाेग गरेका छन् ।

इन्द्रावती गाउँपालिका ४ मुलेस्थित भिमसेन आधारभूत विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्टेसनरी, झाेला र खेलकुदका सामग्री सहयाेग गरेका हुन् ।

लायन्स क्लब अफ काठमाडाैं फेलाेसिप नरदेवी, लायन्स क्लब अफ दिवालय, लायन्स क्लब अफ ग्रिनसिटीकाे सहकार्य र समाजसेवी तथा लायन्स क्लब अफ काठमाडाैं फेलाेसिपका प्रेसिडेन्ट राजेश हिमालयकाे संयाेजकत्वमा उक्त सामग्री विद्यार्थीहरूलाई हस्तान्तरण गरिएकाे हाे ।

उक्त सामग्री हस्तान्तरण कार्यक्रममा इन्द्रावती गाउँपालिकाका उपप्रमुख सोभना तामाङकाे उपस्थितमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष एकेन्द्र दाेङ, स्थानीय, अविभावक,शिक्षक रामबहादुर अधिकारी लायन्स क्लब अफ काठमाडाैं फेलाेसिपका सुसिला श्रेष्ठ, युवराज गिरी, चण्डीका श्रेष्ठ, गणेशबहादुर राणा, लायन्स क्लब अफ ग्रिनसिटीका प्रेसिडेन्ट राजेन्द्र भट्ट, काेअर्डिनेटर गणेश आचार्य र समाजसेवी बच्चु अधिकारी लगाएतका उपस्थिती रहेकाे थियाे ।

कार्यक्रममा शैक्षिक सामाग्री, न्यानाे टाेपी र स्कुल ब्यागहरू वितरणले विद्यालयकाे सामाजिक शैक्षिक व्यवस्थापनमा सहयाेग पुगेकाे भन्दै विद्यालयका प्रधानाध्यापकलगाएतले लायन्स क्लब र सहयाेगी संस्थालाई धन्यवाद ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *