बर्दियाकाे बाजपुर सामुदायिक वनमा गैँडा मृत फेला

बर्दिया, १९ असोज । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको एउटा पोथी गैँडा मृत फेला परेको छ ।

गेरुवा गाउँपालिकास्थित बाजपुर सामुदायिक वनमा करिब १९/२० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिनुभयो ।

मृत गैँडाको शवपरीक्षणपछि घटनाबारे विस्तृत विवरण आउने निकुञ्ज प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *