प्रधानमन्त्री ‘प्रचण्ड’ र अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं, २० असाेज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता गर्नुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार बिहान प्रधानमन्त्री ‘प्रचण्ड’ र अध्यक्ष ओलीबीच भेटवार्ता गर्नुभएको हो।

उहाँहरूकाे भेटमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विविध विषयमा उहाँहरूबीच छलफल भएको बताइएको छ।