बागमती किनारमा २० वर्षीय युवक मृत भेटियाे

काठमााडाैं, २४ असाेज । काठमाडौंको बागमती किनारमा एक जना युवक मृत भेटिएका छन्। काठमाडौं महानगरपालिका-३१ बानेश्वर तरकारी बजार अगाडिकाे बागमती किनारमा २० वर्षीय युवक मृत फेला परेको हाे ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृत भेटिएका युवक काठमाडौंको बालाजु गोलढुंगा घर भई शंखमुलमा बस्ने २० वर्षीय विकास महरा रहेको प्रहरीले जनाएकाे छ ।

घटनास्थलबाट प्रयोग भएको सिरिञ्ज पनि बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिनुभयाे ।

प्रारम्भिक अनुसन्धानबाट शरीरमा अन्य चोट नदेखिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरीले मृतकको फोन पनि बरामद गरेको छ।