काठमाडौंमा चाडपर्वलाई लक्षित गरी ड्रोनद्वारा सुरक्षा

काठमाडौं, २९ असाेज । जिल्ला प्रहरी परिसर काठमाडौंले ड्रोनद्वारा उपत्यकाका विभिन्न संवेदनशील स्थानहरूको सुरक्षा प्रबन्ध मिलाइएको छ।

प्रहरी परिसर काठमाडौंले चाडपर्वको समयमा हुने जोखिमलाई ध्यान दिई सर्वसाधारण लाई सुरक्षित बनाउन यस्तो व्यवस्था गरिएको जनाएको छ। प्रहरीका अनुसार बढी भीडभाड हुने स्थानहरूमा ड्रोनबाट सुरक्षा व्यवस्था मिलाइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले भनेको छ,‘विगतमा चाडपर्वहरूको अवधिमा देखिएका विभिन्न जोखिमहरूको पहिचान गरि अहिलेको चाडपर्वको वातावरणलाई सुरक्षित बनाउने उद्धेश्यले काठमाडौंका बढि भीडभाड तथा जमघट हुने सार्वजनिक स्थल, आवतजावतका नाका, किनमेल हुने मुख्य-मुख्य क्षेत्रहरूमा ड्रोनद्वारा अतिरिक्त सुरक्षा प्रबन्ध गरिएको व्यहोरा सर्वसाधारणहरूमा जानकारी गराउँछौ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *