सुनको मूल्यले बनायाे नयाँ रेकर्ड
काठमाडाैं, २ कार्तिक । सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। बिहीबार सुनकाे मुल्यले नयाँ रेकर्ड कायम गरेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको पाँच सय रुपैयाँ बढ्दा छापावाल सुन तोलाको १ लाख १३ हजार सात सय रुपैयाँ कायम भएर रेकर्ड कायम गरेको हो।
महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि वृद्धि भएर तोलाको १ लाख १३ हजार १५० रुपैयाँ पुगेको छ।
चाँदीको मल्य भने बुधबारको तुलनामा तोलामा १५ रुपैयाँ घटेको छ। बुधबार तोलाको १ हजार ४१० रुपैयाँ रहेको मूल्य बिहीबार १ हजार ३९५ रुपैयाँमा झरेको छ।