कोप–३१ मा मन्त्रीहरुको लर्कोः प्रचार हात्ती जत्रो, उपलब्धि पुच्छर जत्रो’

काठमाडौं, २९ कात्तिक । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३० औँ सम्मेलन (कोप–३९) गत वर्षको नोभेम्बर १० देखि २१ तारिख अर्थात कात्तिक २४ देखि मङ्सिर ५ गतेसम्मसम्म ब्राजिलको बेलेममा आयोजना भएको थियो । जेनजी आन्दोलनपछि भएको त्यो सम्मेलनमा नेपाको उपस्थिति रहेको थियो ।

त्यस अघिको (कोप–२९) पनि नोभेम्बर ११ देखि २२ तारिख अर्थात कात्तिक २६ देखि मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकुमा भएको थियो । कोप–२९ सम्मेलनमा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेृतत्वमा सहभागिता जनाएको थियो । उक्त सम्मेलनमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौँ उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरो तथा यसबाट भएको क्षतिबारे आवाज उठाएको थियो ।

त्यस अघि पनि उक्त सम्मेलनमा लगातार नेपालको उपस्थिति रहँदै आएको थियो । हरेक सम्मेलनमा नेपालले आफ्नो तर्फबाट मागहरु मञ्चमा राख्दै आएको थियो । जिवाश्म इन्धनको खपत विस्थापन, वन, समुद्र र जैविक विविधता संरक्षण अभिवृद्धि, कृषि र खाद्य प्रणालीको रुपान्तरण, मानव पक्षपोषण र सामाजिक विकास तथा प्रविधि, क्षमता अभिवृद्धिललगायत विषयमा छलफल केन्द्रित ब्राजिल सम्मेलनमा पनि नेपालले आफ्नो तर्फबाट आवाज उठाएको थियो ।

यो पटक टर्कीको अन्ताल्यामा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१ औँ सम्मेलन (कोप–३१) जारी छ। यो सम्मेलन मङ्सिर ४ गतेसम्म चल्नेछ। यो सम्मेलनमा करिब २०० देशका प्रतिनिधिहरू ऊर्जा सङ्क्रमण, जलवायु वित्त र विकासशील राष्ट्रलाई अनुकूलनका लागि सहयोग बढाउने विषयमा छलफल गरिरहेका छन्।

सो सम्मेलनको उद्घाटन भैसकेको छ भने नेपालबाट पनि विभिन्न मन्त्रालयको नेतृत्व गरेका मन्त्री, सचिव र विज्ञहरु टर्की पुगेका छन् । जलवायु परिवर्तनको बढ्दो प्रभाव, विश्वव्यापी तापक्रम वृद्धि, चरम मौसमी घटना र जीवाश्म इन्धनमा निर्भरता न्यूनीकरणको विषय सम्मेलनको केन्द्मा राखेर छलफल भैरहेको छ । उत्सर्जन कटौती र जलवायु वित्तको प्रतिबद्धता व्यवहारमा कार्यान्वयन भएको देखिने गरी सम्मेलनले उपलब्धि हासिल गर्न आवश्यक रहेको त्यहाँ सहभागी देशका प्रतिनिधिहरुले बताएका छन् ।

तर, अहिले देशमा भ्रष्ट्राचारविरोधी आन्दोलनको जगमा बनेको दुइतिहाई नजिकको रास्वपा नेतृत्वको सरकार छ । यहि सरकारका पालामा मन्त्रीहरु मितव्यी बन्ने भन्दा पनि विदेश सयरको लर्कोका कारण विवादित बनेका छन् । कोपमा नेपालको प्रतिनिधित्व हुनुपर्छ । तर, कति र संख्यामा र कुन हैसियतसहित भन्ने प्रश्नहरु पनि उठ्न सक्छन् । तर, अहिले कोपको नाममा टर्की पुग्ने मन्त्रीहरुको लर्को देख्दा खिसिटियुरी गर्नुपर्ने अवस्था देखिएको छ ।

बढीमा एक जना मन्त्रीको उपस्थिति हुँदा काफी हुने सो सम्मेलनमा नेपालबाट पाँच जना मन्त्रीहरुले त्यहाँ सहभागिता जनाएका छन् । सरकारले परराष्ट्रमन्त्री शिशिर खनाल र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई मुख्य कार्यक्रमको नेतृत्व गर्ने गरी तोकेर नै पठाएको थियो । परराष्ट्रमन्त्री खनाल नेपाल फर्किसक्नु भएको छ । अहिले न नेपालको प्रतिनिधित्व गर्दै मन्त्री चौधरी टर्कीएमै हुनुहुन्छ । त्यति मात्रै होइन कोपका नाममा विदेश सयर गर्ने रहरका कारण शिक्षामन्त्री सस्मित पोखरेल टर्किए पुगेका छन् भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पनि सम्मेलनमा सहभागी हुने हुटहुटीले त्यहाँ पुर्यायो । त्यसो त स्वास्थमन्त्री निशा मेहता पनि विदेश सयरकै मोहले तानेपछि टर्किएको अन्ताल्या पुगेर श्रीलंकामा आयोजित कार्यक्रम हुँदै नेपाल फर्किसक्नु भएको छ ।

त्यसो त परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार औपचारिक नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री कृषि, वन तथा पर्यावरणमन्त्री राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डा. सञ्जय आचार्य, कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रलगायत नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुने उल्लेख छ । यो सूची बाहिरबाट गएका मन्त्री सांसद र अन्य अधिकारीहरू आ–आफ्नो तरिकाले कार्यक्रम मिलाएर गएको बताउँदै आएका छन् ।

तर, एउटा देशका आधा दर्जन मन्त्री एउटा सम्मेलनमा सहभागी हुन् दौडधूप गरेर कुद्ने कुराले सुशासनको नारालाई नै गिज्याइरहेको भन्दै नागरिकहरुले प्रश्न गर्न थालेका छन् । त्यसो त रास्वपाकै केही सांसदहरुले समेत त्यो विषयमा प्रश्न उठाएका छन् । तर, सरकार भने यो विषयमा मौन बनेको छ । मितव्ययीको नारा दिने सरकार नै मौन बसेपछि नागरिक तहबाट पनि यसका बारेमा प्रश्न उठ्न थलेकाछन् ।

मन्त्री मात्रै होइन सांसदहरुलाई समेत विदेश मोहका हुटहुटीले टर्किएको अन्ताल्या पुर्याएको छ । तर,उनीहरुले सामाजिक सञ्जालमा आफ्नो विदेश मोहको हुटहुटीलाई छोप्न आफु त्यहाँ पुगेर देशका लगि ठूलो उपलब्धि हाँसिल गरेको भने भ्रम फैलाइरहेका छन् । यसरी भ्रम फैलाउनेमा सांसद सागर ढकाललगायतका नेताहरु रहेका छन् ।

विगतमा यस्ता कार्यक्रमहरूमा धेरै सरकारी व्यक्तिहरू गएको भन्दै आलोचना गर्नेहरु समेत अहिले मुखमा भोटे ताल्चा लगाएर बसेका छन् । यो पटक त अझै मन्त्रीहरूकै लर्को लागेको छ । उनीहरू सबैको त्यहाँ पुग्नै पर्ने आवश्यकता थियो कि थिएन भन्ने प्रश्न अहिले पेचिलो बनेको छ । अहिलेसम्मको अवस्था हेर्दा जति सुकै ठूलो मन्त्रीको लर्को लागे पनि उपलब्धि भने न्युन हुने जस्तो देखिएको छ । त्यसैले अहिले कोप ३१ मा नेपालका मन्त्रीहरुको सहभागितालाई धेरैले ‘चर्चा हात्ती जत्रो, उपलब्धि पुच्छर जति’ भन्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *