सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो
काठमाडौं, ३० कात्तिक । स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँ र चाँदीको ८० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ५२० रुपैयाँ कायम भएको छ ।
आइतबार सुन प्रतितोला दुई लाख ७० हजार २०० रुपैयाँ र चाँदी तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
