तिनाउ नदीमा दुर्गा मूर्ति विसर्जन गर्न गएका दुई जनाकाे डुबेर मृत्यु, एक बेपत्ता

रुपन्देही, ७ कात्तिक । दुर्गा मूर्ति विसर्जन गर्न घाटमा गएका दुई जनाको डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिनुभयाे ।

सोही स्थानका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेको उपरीक्षक विश्वकर्माले बताउनुभयाे। बेपत्ता सन्तकुमारको खोजी भैरहेको प्रहरीले जनाएकाे छ ।

रूपन्देही कोटहीमाई गाउँपालिकामा रहेको दानव र तिनाउ नदीको संगममा मर्चवार क्षेत्रको दुर्गा मूर्तिहरू विसर्जन हुँदै आएको छ।