प्रियंका र आकाशको अभिनयमा ‘उमेर सत्र भयो खत्रा’ गीत सार्वजनिक

काठमाडौंँ, १२ कात्तिक । चर्चित गायक राजेश बर्देवा र गायिका प्रिती आलेको निकै कर्णप्रिय स्वर रहेको नयाँ गीत ‘उमेर सत्र भयो खत्रा’ सार्वजनिक भएको छ ।

प्रतिभा शर्माको शब्द तथा प्रिय कुमारको संगीत रहेको गीतको एरेन्ज केशव बडुले गरेका हुन् । गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आकाश श्रेष्ठको अभिनय छ ।

निकै तामझाम सहित रेष्टुरेन्टको माहोलमा तयार गरिएकाे भिडियोमा प्रियंका र आकाशको नृत्य आकर्षक छ । उत्सव बिष्टको निर्माण र न्यु लक्ष्मी ज्वेलर्स युकेको निर्माण सहकार्य रहेको भिडियो गीतले १७ बर्षको उमेर युवतीले आफ्नो जोवन सम्हाल्नुपर्ने, यो समय अनेक खतराको सामना गर्नुपर्ने र त्यो सामाना गर्न नसके जीवनै संकटमा पर्ने सन्देश समेटेको छ ।

भिडियोले गीतको सन्देशलाई सिगार्ने काम गरेको छ । रेष्टुरेन्टको महोलमा छायांकन भएको भिडियोमा एउटी युवतीलाई १७ बर्षको उमेरमा के कस्ता खतरा आइपर्छ भनेर देखाइएको छ ।

गम्भिर बिष्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रविन भट्टको सम्पादन छ ।