नयाँ बानेश्वर संसद भवनअगाडि शान्ति समाजकाे धर्ना, २७ जना पक्राउ
काठमाडाैं, १२ कात्तिक । मानव अधिकार तथा शान्ति समाजले संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा विचाराधिन संसोधन विधेयक मानव अधिकारमैत्री बनाउन मागसहित आइतबार संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको छ ।
समाजले ‘नेपाल सरकारः हिंसालाई महिमामण्डन गर्ने काम बन्द गर, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय खारेज गर’ लगायतको नारासहितकाे प्लेकार्ड बाेकर संसद भवन अगाडि प्रदर्शन गरिएकाे थियाे ।
प्रदर्शन मा उत्रिएका समाजका २७ जना पक्राउ परेको समाजले जनाएको छ । पक्राउ पर्नेमा संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारालगाएतका छन् ।