अवैध लागूऔषधसहित दक्षिणकालीबाट २ जना पक्राउ

काठमाडौं, १९ कात्तिक । दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ परेका छन् ।
धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भई हाल नयाँबजार बस्ने २८ वर्षीय शिवराज दराई समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।
ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बा.८८ प ४१०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूकाे साथबाट नाइट्राभेट १ हजार ७ सय ७० ट्याब्लेट बरामद गरेकाे हाे
उक्त लागूऔषधसहित दुवै जनालाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।