भूकम्प पीडितका लागि गोर्खा ब्रुअरीको १ करोड सहयोग

काठमाडौं २३ कात्तिक। गोर्खा ब्रुअरी प्रा.लिले भूकम्प पीडितका लागि नेपाल सरकारलाई १ करोड सहयोग गरेको छ । गोर्खा ब्रुअरीले हालैका भूकम्प पीडितको पुनःस्थापनाका लागि नेपाल सरकारलाई सो रकम सहयोग गरेको हो । उक्त रकमको चेक गोर्खा बु्रअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गर्नुभयो । प्रधानमन्त्रीले यस चुनौतीपूर्ण समयमा स्वस्फुर्त रुपमा गर्एिको सहयोगलाई धन्यवाद दिइएको ब्रुअरीले जानकारी दिएको छ ।

डीएमडी सुरेन्द्र सिलवालले गोर्खा बु्रअरीले देशलाई विपद्को घडीमा सहयोग गर्न पाएकोमा सन्तुष्टि रहेको बताउनुभयो । उहाँले यस अघि पनि गोर्खा बु्रअरीले देशमा आइपरेको प्राकृतिक विपत्तिहरुमा उल्लेख्य सहयोग गर्दै आएको र मुख्य गरेर कोभिड महामारी र २०७२ को महाभूकम्पपछि कर्पोरेटहरू मध्येबाट सबैभन्दा ठूलो सहयोग गरेको दाबी गर्नुभयो ।

बु्रअरीबाट उत्पादित नेपालको सबैभन्दा धेरै बिक्ने र लोकप्रिय कार्ल्सबर्ग, टुबोर्ग र गोर्खा बियर जस्ता ब्रान्डहरूद्वारा नेपालमा संगीत, खेलकुद लगायत अन्य विभिन्न क्षेत्रहरूको विकासमा सहयोग पुर्याउँदै आएको पनि उहाँले जानकारी दिनुभयो ।

गोर्खा बु्रअरी कार्ल्सबर्ग समूहको एक हिस्सा हो र यसको ब्रान्ड विश्वभर १४० भन्दा बढी बजारमा परिचित छन् । यसले देशमा आफ्नो महत्त्वपूर्ण आर्थिक र सामाजिक योगदानलाई सङ्केत गर्दै नेपालको शीर्ष पाँच उच्च कर तिर्ने कर्पोरेशनहरू मध्ये एक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *