नेपाली सञ्चार माध्यममा बाल संवेदनशीलता सम्बन्धी अभिमुखीकरण

काठमाडौं, २४ कात्तिक। बालबालिका सम्बन्धी क्रियाशिल गैरसरकारी संस्था चाइल्ड नेपालले नेपाली सञ्चार माध्यममा बाल संवेदनशीलता सम्बन्धी एकदिने अभिमुखीकरण संचालन गरेकाे छ ।

काठमाडाैं उपत्यकामा रहेका विभिन्न नेपाली सञ्चार माध्यमका संवाददाताहरूसंग संस्थाले नेपाली सञ्चार माध्यममा बाल संवेदनशीलता सम्बन्धी अभिमुखीकरण गरेकाे हाे ।

अभिमुखीकरण कार्यक्रममा डा. कुन्दन अर्यालले गैर राजनैतिककाे दायरा जबसम्म फराकिलाे हुँदैन तबसम्म बाल संवेदनशीलतामा परिवर्तन आउन नसक्ने बताउनुभयाे ।

कार्यक्रमकाे बाल अभियन्ता तारक धितालले विभिन्न नेपाली सञ्चार माध्यमका संवाददाताहरूसंग बाल संवेदनशीलता सम्बन्धी अभिमुखीकरण गर्नुभएकाे थियाे । उहाँले सञ्चार माध्यममा बालबालिकाकाे बिषय किन र ? बालबालिकाकाे विचार र भावनाकाे कदर, बालबालिकाकाे समस्या र मुद्दा उठान, बालबालिकाकाे सहभागितामा समावेसीलगायतका बिषयका अभिमुखीकरण गर्नुभएकाे थियाे ।

कार्यक्रमका अध्यक्ष तथा चाइल्ड नेपालका निर्देशक माेहन दँगालले बालबालिकाकाे समाचार सम्प्रेशन गर्दा तथ्यमा अधारित सामग्रीहरू माथि सम्बाेधन गर्न, बालबालिकाकाे विषयबस्तुलाई निरन्तर प्रकृयाकाे रूपमा प्रयाेग गरिदिन अनुराेध गर्नुभयाे । उहाँले समाचारमा बालबालिकाकाे विषयबस्तुमा प्रभावकारी ढंगले सम्प्रेशन गर्न पनि सुझाव दिनुभयाे । यसकारण बालबालिका सम्वन्धीका समाचारको लेखनमा विशेष गाम्भीर्यता अपाउनुपर्ने उहाँले बताउनुभयाे ।