एमाले केन्द्रीय कमिटी बैठक सुरू

काठमाडौं, ६ मंसिर । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । बैठक एमाले पार्टी मुख्यालय च्यासलमा केहीबेरअघिबाट बैठक सुरू भएको हो ।

एमालेले यही मंसिर १४ बाट ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको घोषणा गरिएको छ । साेही यात्राकाे तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा बैठक केन्द्रित छ ।

बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानलाई सफल बनाउन नेताहरू परिचालन र आवश्यक योजना तयारीका विषय पनि एजेण्डामा रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयाे ।