भोलि अत्यावश्यक काममा मात्रै सवारी साधन लिएर निस्कन ट्राफिक प्रहरीकाे अनुराेध

काठमाडाैं, ६ मंसिर । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भाेली (मंसिर ७ गते) अत्यावश्यक काम परे मात्रै सवारी साधन लिएर निस्किन अनुराेध गरेकाे छ ।

ट्राफिक प्रहरी कार्यालयले भाेली (मंसिर ७ गते) उपत्यकाका विभिन्न स्थानहरूमा प्रदर्शनजस्ता कार्यक्रम हुन लागेको भन्दै अत्यावश्यक काम भए मात्र सवारी साधन प्रयोग गर्न भनेको हो।

नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले बिहीबार काठमाडौंमा प्रदर्शन गर्न लागेका छन्। प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्‍थापनमा असर पर्ने भन्दै कार्यालय सूचना जारी गरेको हो।

‘काठमाडौं उपत्यकाभर सवारी आवगमनमा असहजता सिर्जना हुन सक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कनु हुन र सडकमा निस्किनभन्दा पहिले १०० वा १०३ मा फोन गर्नु हुन र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनेर सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन हुन अनुरोध छ,’ सूचनामा भनिएको छ।