डिशहोमकाे मेगास्टार घोषणा हुँदै, विजेताले नगद रु. दश लाख पाउने

काठमाडाैं, ७ मंसिर । डिशहोमकाे हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार योजना अन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको घोषणा हुँदैछ ।

लक्की ड्र मार्फत यहि मंसिर ११ गते, सोमबार डिशहोम मेगास्टारको छनौट हुनेछ । असोज १ गतेदेखि मंसिर ११ गते दिउँसो १२ वजे सम्म डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्नुहुने ग्राहकहरु यो योजनामा सहभागी हुन सक्नुहुनेछ ।

यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बनि नगद रु दश लाख, मिडियामा फेमश र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव गर्ने मौका पाउनुहुनेछ ।

यस अघि हरेक हप्ता सुपरस्टार बनि नगद रु एक लाख जित्ने डिशहोमका ९ भाग्यशाली ग्राहकहरुको घोषणा गरिसकिएको छ । अब यो योजनाको अन्तिममा मेगास्टार वनि नगद रु दश लाख जित्ने मौका आएको छ ।

मंसिर ११ गतेसम्म डिटिएच रिचार्ज तथा नयाँ कनेक्सन जडान गरि यो योजनामा सहभागी हुन सकिनेछ ।
डिशहोम मेगास्टारको लक्की ड्र छनोटको प्रत्यक्ष प्रसारण ईमेज च्यानल, डिशहोम शोकेश, रमाइलो टिभी, सरोकार टिभी, र डिशहोमको आधिकारीक फेसबुक पेजमा साँझ पाँच बजे गरिनेछ ।