दुर्गा प्रसाईंका स्वकीय सचिवसहित १५ जना समर्थक पक्राउ
काठमाडौं, १२ मंसिर । प्रहरीले मेडिकल व्यबसायी दुर्गा प्रसाईंका १५ जना समर्थकलाई पक्राउ गरेको छ ।
सोमबार काठमाडौंको गौशालामा भएको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा भएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्य सहित मेडिकल व्यवसायी प्रसाईंका स्वकीय सचिव विना योञ्जन थापा समेत छन् ।
त्यस्तै पक्राउ पर्नेमा भोजराज तिमिल्सिना, निकेश बास्तोला, हरि विशुङ्खे, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन, खड्का, दिपेश खड्का, मेहरमान बस्नेत छन् ।
उनीहरुलाई गौशाला सहित विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।