सिंहदरबारमा प्रधानमन्त्री दाहाल र ओली भेटवार्ता 

काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुग्नुभएकाे छ ।
मध्यपहाडी लोकमार्ग पदयात्रामा निस्कनुअघि अध्यक्ष ओली प्रधानमन्त्री भेट्न सिंहदरबार पुग्नु भएकाे हाे ।
भेटमा संक्रमणकालीन न्यायको अन्त्यका लागि टीआरसी विधेयकको टुंगो, गणतन्त्रविरोधी पछिल्ला आन्दोलन र गतिविधिलगायत समसामयिक घटनाक्रममा छलफल भएको बताइएकाे छ ।