काठमाडौंकाे थलीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं, १५ मंसिर । काठमाडौंको थलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंकाे कागेश्वरी मनोहरा नगरपालिका-५ थलीमा गए राति प्रदेश ३-०१-०० ३ क ६४८८ नम्बरको गाडी र बाग्मती प्रदेश ०२(०३२ प ३३४१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएर दुर्घटना भएकाे हाे ।

दुर्घटनामा मोटरसाइकलमा सवार शंखरापुर नगरपालिका(८ साखु घुमार चोक घर भएका ३० वर्षीय सुलभ मोक्तानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणटारस्थित शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको उपचार भइरहेको छ भने फरार भएका गाडी चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।