संसद्‌ सचिवालयका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं, २५ मसिर । संघीय संसद्‌ सचिवालयका महासचिव डा.भरतराज गौतमले पदबाट राजीनामा दिनुभएकाे छ ।

आफ्नो पदावधि ८ महिना बाँकी रहेकै अवस्थामा आइतबार साँझ उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिनुभएकाे हाे । उहाँले राजीनामा दिनुको कारण भने खुलिसकेको छैन ।

उहाँको राजीनामाबारे आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल समेत गर्नुभएकाे छ ।