आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजीनामा

काठमाडौं, २६ मंसिर । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिनुभएकाे छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले मंगलबार अपराह्न ४ बजे राजीनामा दिनुभएकाे हाे ।

उद्योगमन्त्री रमेश रिजालका अनुसार आज ४ बजे मन्त्रालयमा पुगेर भोलिको दिनदेखि स्वीकृत हुने गरी राजीनामा पत्र बुझाउनु भएको छ ।

थानीले राजीनामा दिनुकाे कारण भने नखुलाएको मन्त्री रिजालले बताउनुभयाे । थानीकाे कार्यकाल १५ महिना बाँकी छ ।