पाँच लाख रूपैयाँ घुससहित जीतपुर सिमरा उपमहानगरका वडाध्यक्ष पक्राउ
हेटौंडा, २ पुस । पाँच लाख रूपैयाँ घुस लिंदै गरेकाे अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले बारा तारा कार्कीलाई पक्राउ गरेको छ ।
आयोगको टोलीले वडाध्यक्ष कार्कीलाइ सेवाग्राहीसँग नगद पाँच लाख रुपैयाँ घुस लिंदै गरेकाे अवस्थामा घुस रकमसहित पक्राउ गरेको हो ।
जीतपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा अख्तियारको टोलीले कार्कीलाई पक्राउ गरेको छ । उनको साथबाट सेवाग्राहीले दिएको पाँच लाख रुपैयाँ घुस रकमसमेत अख्तियार टोलीले बरामद गरेको छ ।
वडाध्यक्ष कार्कीले सडक बाटो सिफारिसका लागि स्थानीय जग्गा व्यवसायी राजन उप्रेतीसँग पाँच लाख रुपैयाँ घुस मागेको बताइएको छ ।