सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य
काठमाडौं, ४ पुस । सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो ।
यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिनेछ । सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माका अनुसार मन्त्रिपरिषद्को बैठकले उद्योगी (उखु मिल) ले प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ र सरकारले दिने अनुदान ७० रुपैयाँ प्रतिक्विन्टल गरी ६ सय ३५ रुपैयाँ मुल्य तोकिएको हाे ।
शर्माका अनुसार मन्त्रिपरिषदको नियमित बैठक भोलि बिहीबार फेरि बस्ने छ ।