अनुदानमा हाते ट्र्याक्टर पाएपछि किसान खुसी

कञ्चनपुर, ८ पुस । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ ।

सङ्घीय सरकारको अनुदान कार्यक्रमअन्तर्गत किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको हो ।
हल्दुखालका ३५ कृषकलाई पावर टिलर हस्तान्तरण गरिएकाे छ ।

भीमदत्त नगरपालिका–७ का अध्यक्ष गणेश चन्दले सरकारी अनुदानमा ५० प्रतिशत कृषकको लागतमा हाते ट्र्याक्टर वितरण गरिएको बताउनुभयो । “पहिलो पटक ३५ किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ ।

यो ट्र्याक्टर कृषकले आधा सहुलियतमा पाएका हुन्”, उहाँले भन्नुभयो, “कृषिमा यान्त्रीकरण गर्ने उद्देश्यले अनुदानमा ट्र्याक्टर वितरण गरिएको हो ।” अनुदानमा ट्र्याक्टर पाएपछि किसान खुसी भएका छन् । खेत जोत्नका लागि अनुदानमा ट्र्याक्टर पाएपछि निकै सहज हुने भीमदत्त–७ का स्थानीय खेमराज भट्टले बताउनुभयो ।

“गोरु वा भाडामा ट्र्याक्टर ल्याएर खेत जोत्नुपथ्र्याे, अब त्यो बाध्यता हट्नेछ”, उहाँले भन्नुभयो, “खेत जोत्नका लागि थोरै समय लाग्नेछ, अनुदानमा ट्र्याक्टर पाउँदा निकै खुसी लागेको छ ।” किसानले अनुदानमा रु एक लाख २५ हजारको लागतमा ट्र्याक्टर पाएका हुन् ।