नेपाल व्यावसायिक कलाकार संघद्वारा पत्रकार सानुराज डंगाेल सम्मानित
काठमाडाैं, २४ पुस । नेपाल व्यावसायिक कलाकार संघकाे स्थापना दिवसकाे उपलक्ष्यमा पत्रकार, कार्टुनिष्ट तथा टोखा छहरे मिडिया प्रा.लि का अध्यक्ष सानुराज डंगोल सम्मानित भएका छन् ।
संघको २९ औं स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसकाे उपलक्ष्यमा प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डंगोलबाट रू पाँच हजार नगध राशीसहित राजेश मानन्धर कार्टून एवार्ड – २०८०ले कार्टुनिष्ट डंगोल सम्मानित भएका हुन् ।
संघले स्थापना दिवसकाे अवसरमा विभिन्न विधामा सम्मान प्रदान गर्दै आइरहेकाे छ । संघले यस अवसरमा अग्रज कलाकारहरूलाइ सम्मान गरेकाे थियाे ।