बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
काठमाडौं, २६ पुस । जिल्ला अदालत, सर्लाहीले अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हाे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।
३० भदौ २०७५ मा रौटहटकी एक किशोरीले आफूमाथि बम्जनले बलात्कार गरेको दाबी सार्वजनिक गरेकी थिइन् । त्यसपछि पीडित भनिएकी किशोरीले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा उजुरी दिएकी थिइन् । त्यही आधारमा २०७६ सालमा पक्राउ पूर्जी लिएर प्रहरीले उनको खोजी थालेको थियो ।
पीडित युवतीले बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा आनीका रुपमा बसेेका बेला २० साउन २०७३ मा आफूलाई बम्जनले बलात्कारको प्रयास गरेको बताएकी थिइन् ।
पीडित युवतीले बम्जनको स्वभावका कारण आश्रममा बस्न ठीक नलागेपछि २०७५ असारमा आश्रम छाडेर निस्किएको बताएकी थिइन् ।