लेबनानमा शान्ति सैनिकमा गएका एक नेपालीकाे मृत्यु
काठमाडौं, १९ माघ । लेबनानमा संयुक्त राष्ट्र संघ अन्तर्गत शान्ति मिसनमा गएका एक नेपाली सैनिक जवानको मृत्यु भएको छ ।
लेबनानमा तैनाथ श्री पुरानो गोरख गणको ६४ औं डफ्फामा कार्यरत् दोलखा स्थायी घर भएका सिपाही सुवास थापाको १८ माघमा मृत्यु भएको नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सिपाही थापा उक्त गणको हेडक्वाटरकाे बंकरमा स्ट्याण्डबाई ड्यूटीमा रहँदा आफैंले बोकेको हतियारबाट गोली लागेको सेनाले जनाएको छ । उनको शवलाई नेपाल ल्याउन समन्वय भइरहेको सेनाले जनाएको छ ।