मलङ्गवाबाट नवलपुर जाँदै गरेकाे जिप गम्हरियामा दुर्घटना, दश जना घाइते

काठमाडाैं, २३ माघ । सर्लाहीमा भारतीय नम्बर प्लेट बिआर ०६ पिडी ९६४८ नम्बरको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

मलङ्गवा नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा नगरपालिका–१० गम्हरियामा हिजाे राती उक्त जिप दुर्घटना भएको हो ।

मलङ्गवाबाट नवलपुरतर्फ जाँदै गरेको उक्त जिप गम्हरियामा उखु बोकेको ट्याक्टरसँंग ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो ।

दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धर, वैधनाथ राउत, अजयकुमार यादव, बैजु यादव, रामलाल साह, सञ्जिवकुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय घाइते भएका छन् ।

घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि पर्साको वीरगन्ज पठाएको प्रहरीले जनाएको छ ।