प्रतिनिधि सभाकाे बैठक आज बस्दै

काठमाडौं, २४ माघ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि तय भएको छ ।

आजको बैठकमा दलीय आधारमा नेताहरुले मन्तव्य राख्ने कार्यसूची रहेकाे छ । मंगलबारदेखि बैठक सुरु भए पनि पहिलो दिन नेताहरूले भनाइ राखेका थिएनन् ।

यसैगरी आजकै बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक दफावार छलफलसहित पारित गर्ने कार्यसूची छ ।