काठमाडौं महानगरपालिकाकी उपप्रमुख डंगोल थाइल्याण्ड प्रस्थान

काठमाडौं, ६ फागुन । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल नगरपालिकाहरुको अन्तर्राष्ट्रिय संघ ‘युनाइटेड सिटिनन् एण्ड लोकल गवर्नमेन्ट्स एसिया प्यासिफिक (युसीएलजी) को एसिया प्यासिफिक अन्तरगतको ११ औँ साउथ एण्ड साउथ वेस्ट एसिया अन्र्तरगत लोकल एण्ड रिजनल गवर्नमेन्ट्स एसेम्लीमा सहभागी हुन आज थाइल्याण्डको बैंकक प्रस्थान गर्नुभएको छ ।

उहाँ यहि बुधबार नेपाल फर्किने कार्यक्रम छ । उहाँले कार्यक्रममा सम्वोधन गर्ने कार्यतालिका रहेको छ । उहाँलाई त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट विदाई गर्न काठमाडौंं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलगायत पुग्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *