कुशल भुर्तेलले प्रहार गरे नेदरल्याण्ड्सविरुद्ध अर्धशतक

काठमाडौं, १३ फागुन । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपालका ओपनर कुशल भुर्तेलले नेदरल्याण्ड्सविरुद्ध अर्धशतक पुरा गरेका छन् । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ गरेको छ ।

पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ४२ रनको साझेदारी गरेका थिए । थप ५४ रन जोड्दा ६ विकेट गुमायो ।

भुर्तेलले ३१औं ओभरको अन्तिम बलमा एक रन लिंदै अर्धशतक पूरा गरे । आजको खेल जारी सिरिजको अन्तिम खेल हो।