जसपाका सांसद मञ्जु शर्मा अन्सारीको निधन

काठमाडौं, ४ फागुन । जनता समाजवादी पार्टी (जसपा)का सांसद मञ्जु शर्मा अन्सारीको निधन भएको छ।

काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार क्रममा आइतबार बिहान अन्सारीको निधन भएको हाे ।

जसपाले अन्सारीलाई २०७९ चैत १९ गते समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बनाएको थियो।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य रहेका शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारीलाई सांसद बनाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *