माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

काठमाडाैं, ५ चैत्र । माओवादीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

रूपन्देहीबाट पक्राउ परेका महरालाई आज यति एयरलाइन्सको जहाजमा काठमाडौं ल्याइँदै छ ।

महरालाई ६० किलो सुन तस्करीमा संलग्न देखिएपछि प्रहरीले पक्राउ गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका नेताहरुलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

उनले गृह सचिवसहित प्रहरी उच्च अधिकृतलाई पनि अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् ।