प्रधानमन्त्रीलाई १३ सांसदका ३० बढी प्रश्न, प्रधानमन्त्रीको यस्तो छ जवाफ (प्रश्न र जवाफ सबै)

काठमाडौं, ६ चैत । आजको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा १३ जना सांसदले राखेको प्रश्नको जवाफ प्रधानमन्त्री प्रचण्डले दिनुभएको हो । प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नुपर्ने प्रावधान छ । सोही अनुसार प्रधानमन्त्री प्रचण्ड प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुभएको हो ।

संसदमा सांसदहरु गोकुल बास्कोटा, चन्द्र बहादुर ववश्वकर्मा, गांगा प्रसाद यादव,चन्द्रा काकी भण्डारी, चन्द्राकान्त भण्डारी,चन्द्रा चौधरी, छिरिङ डोल्मा लामा भोटे, जनार्दन शर्मा, छविलाल विश्वकर्मा, गंगा कार्की, छिरिङ ल्यामू लामा तामाङ, गोमा लाभ सापकोटा चित्रबहादुर केसीले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुभएको हो ।

प्रश्नोत्तरमा एमालेका सांसद बास्कोटाले मध्य पहाडी क्षेत्रका जनताको लाइफलाईनको रुपमा विकास गर्ने उद्देश्यले सञ्चालनमा रहेको मध्य पहाडी पुष्पलाल लोकमार्गको उपयोगिता बढाउन यसको पुनः रेखाङ्कन गरी दूरी छोट्‌याउनका लागि सुरुङ र भौतिक भायडक्ट प्रविधिको प्रयोग गरी आउदो पाँच वर्षभित्र सडकलाई डेडिकेटड डवललेनमा स्तरीन्नती गर्ने सरकारको योजना छ की छैन ? भनेर प्रश्न गर्नुभएको थियो ।

जनमोर्चाका सांसद चित्रबहादुर केसीले बाग्लुङबाट गल्कोट सेवा केन्द्र लैजाने प्रतिबद्धता जनाउनु भएकोमा हालसम्म किन कार्यान्वयन हुन सकेन ? भनेर प्रश्न गर्नुभएको थियो ।

त्यसैगरी माओवादीका जनार्दशन शर्माले जाजरकोट, बझाङ र डोटीमा गएको भूकम्पले गरेको क्षतिको पुननिर्माण कुन मितिबाट सुरु गर्ने योजना छ ? भनेर प्रश्न गर्नुभएको थियो । कांग्रेसका चन्द्र भण्डारीले जलन पीडितसँग सम्बन्धित प्रश्न गर्नुभएको थियो । संसद-प्रश्नोत्तर-Final-2080.12.06