सप्तकोसीबाट डुंगामा लैजादै गरेको १ सय ६४ किलो गाँजा मध्यरातमा बरामद

सुनसरी, ७ चैत । सशस्त्र प्रहरीले सप्तकोसी नदिमा डुंगामा लैजादै गरेको १ सय ६४ किलो गाँजा मध्यरातमा बरामद गरेको छ । चैत्र ७ गते राती ०१ः३५ बजेको समयमा सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका –१ स्थित सप्तोकोशी नदिको किनारमा ५–६ जना ब्यक्तिहरुले डुङ्गाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चतराले गाँजा बरामद गरेको हो ।

रातको समय भएकोले डुङ्गा लिई व्यक्तिहरु फरार भएको र उक्त गाँजा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको सशस्त्र प्रहरीबलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । सशस्त्र प्रहरी बल नेपाल नं ४ गणबाट फाल्गुन १ गतेदेखि हाल सम्म १ एम्बुलेन्स सहित करीब ५६५ किलो गाजा बरामद भएको छ थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *