राष्ट्रियसभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे विजयी
काठमाडौं, २८ चैत । राष्ट्रियसभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित हुनुभएका छन् ।
नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै घिमिरे निर्वाचित हुनुभएकाे हाे।
राष्ट्रियसभा बैठकमा बहुमत सदस्यले पक्षमा मतदान गरेपछि उपाध्यक्षमा घिमिरे निर्वाचित हुनुभएकाे हाे ।
घिमिरेले ३९ मत ल्याउनुभएकाे छ भने पुडासैनीले १६ मत मात्रै ल्याउनुभएकाे छ । मत विभाजन प्रक्रियामा ५५ जना सदस्यले भाग लिनुभएकाे थियाे ।
घिमिरेलाई नेकपा (एमाले)सहित नेकपा (माओवादी केन्द्र), जसपासहितका दलले समर्गन गरेका थिए ।