सुदूरपश्चिम मुख्यमन्त्रीमा नेकपा एसका सोडारीलाई एमालेकाे समर्थन

कैलाली, ६ वैशाख । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् ।

सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा नेकपा एकीकृत संसदीय दलका नेता सोडारीलाई नेकपा एमालेले पनि समर्थन गरेको हाे ।

सोडारीलाई एमालेलगाएत, माओवादी, नेकपा एकीकृत समाजवादी र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।

सत्तारुढ दलहरु एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका सोडारी एमालेको समर्थन नपाउँदा दाबी पेश गर्नबाट रोकिएका थिए ।

प्रदेश प्रमुख नजिर मियाँले आज सम्मको लागी दलहरूलाई दाबी पेश गर्ने समय दिएका थिए ।